नियम
सरकारी रकम सम्बन्धी व्यवस्था
(१) नियम ५ बमोजिम कुनै कार्यालयको नाममा निकासा भई प्राप्त हुन आउने रकम नेपाल राष्ट्र बैङ्क वा सरकारी कारोवार गर्ने गरी तोकिएको बैङ्कमा दाखिला गर्नु पर्नेछ । महालेखा नियन्त्रक कार्यालयको परामर्शमा नेपाल राष्ट्र बैङ्कले सरकारी कारोवार गर्ने बैङ्क तोक्न सक्नेछ ।
(२) सरकारी कारोवारको लागि महालेखा नियन्त्रक कार्यालयको परामर्शमा नेपाल राष्ट्र बैङ्कले सरकारी कारोवार निर्देशिका तयार गरी लागू गर्नु पर्नेछ ।
(३) सरकारी कारोवार सञ्चालनको लागि विभिन्न कार्यालयहरूमा रकम उपलब्ध गराउन बैङ्कहरूमा कोषको व्यवस्था नेपाल राष्ट्र बैङ्कले मिलाउनु पर्नेछ ।